शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

फ्रेन्च लिग वान फुटबलमा पीएसजीकाे जित

दैनिक नेपाल २०७६ माघ २२ गते ९:०८

लण्डन, २२ माघ । नेइमार बिनाको खेलमा पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले संघर्षपूर्ण जित निकालेको छ । फ्रेन्च लिग वान फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजीले नान्टेसलार्य २–१ ले पराजित गरेर १५ अंकको अग्रता लिएको हो ।

अवे मैदानमा भएको खेलमा पीएसजीका लागि माउरो आइकार्डी र थिलो खेराले गोल गरे । नान्टेसका लागि सिमोनले एक गोल फर्काए । बुधबार २८ औँ वर्षमा प्रवेश गरेका नेइमारले पेरिसमा जन्मदिनको अग्रिम पार्टी दिएका थिए ।

करङमा समस्या रहेका बेला पार्टी दिएका नेइमारलाई प्रशिक्षक थोमस टुसिलले नान्टेससँगको खेलमा राखेनन् । तर पार्टी र टिममा नेइमार समावेश नगरिनुमा कुनै सम्बन्ध नरहेको दाबी प्रशिक्षकले गरेका छन् ।

जितपछि शीर्ष स्थानको पिएसजीको २३ खेलबाट ५८ अंक भएको छ। दोस्रो स्थानको मार्सेइलीको ४३ अंक छ ।

प्रतिक्रिया
सम्बन्धित