लण्डन, २१ माघ । एचआइभीविरुद्धको खोपको अपेक्षा धराशायी भएको छ । दक्षिण अफ्रिकाका व्यक्तिमा गरिएको खोपको परीक्षणको नतिजा सकारात्मक नआएपछि एचआइभीविरुद्धको खोपको अपेक्षा कमजोर बनेको हो ।
एड्सको अवस्थामा पुर्याउने एचआइभी भाइरसलाई रोक्ने ठानिएको एचआइभीएनची ७०२ खोपको नतिजा अपेक्षाकृत नआएको हो ।
यसपछि अमेरिकाको नेशनल इन्स्टिच्युड अफ हेल्थले सो खोपको परीक्षण रोकेको छ । पाँच हजारभन्दा बढी व्यक्तिमा गरिएको परीक्षणमा खोपले एचआइभीको संक्रमण रोक्न नसकेको हो । अनुसन्धानकर्ताले परीक्षणको नतिजाले अति निराश बनाएको बताएका छन् ।
एचआइभीको संक्रमण रोक्ने खोपको खोजी जारी रहने उनीहरूले बताएका छन् । एचआइभीविरुद्ध परीक्षण गरिएको सो खोपमा एचआइभी भाइरस नहुने भएकाले परीक्षणका क्रममा दिइएका व्यक्तिमा त्यसकै कारण संक्रमण हुने जोखिम नरहेको अनुसन्धानकर्ताले बताएका छन् ।
ज्याब नाम गरेको यो खोप एचआइभीविरुद्धको पहिलो खोप थियो । जसले एचआइभी भारसको संक्रमण रोक्ने पक्षमा सकारात्मक संकेत देखाएको थियो । थाइल्याण्डमा गरिएको आरभी १४४ क्लिनिकल ट्रायलमा यसले सकारात्मक संकेत दिएको थियो ।
एचआइभी भाइरसका विभिन्न स्वरुपहरू छन् । परीक्षण गरिएको खोप दक्षिण अफ्रिकामा सक्रिय रहेको एचआइभीको उपसमूहविरुद्ध लड्न मिल्ने खालको थियो । विश्वमा सबैभन्दा बढी एचआइभी संक्रमण दर रहेको क्षेत्रमा पर्छ दक्षिण अफ्रिका ।















प्रतिक्रिया