१३ कार्तिक २०८३, शुक्रबार

राप्रपाले जेठ २५ गते महाधिवेशन गर्ने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २० माघ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी जेठ २५ गते महाधिवेशन गर्ने निर्णय गरेको छ । आइतबार सम्पन्न राप्रपाको केन्द्रीय समिति बैठकले पार्टीको महाधिवेशन नेठ २५ गते काठमाडौंमा गर्ने भएको हो ।

राप्रपाले महाधिवेशन प्रतिनिधि छनोट गर्ने यसअघिको व्यवस्थामा परिवर्तन गर्दै आगामी महाधिवेशनको संरचनामा परिमार्जन गर्ने निर्णय गरेको छ । जसअनुसार अब महाधिवेशनका सम्पूर्ण प्रतिनिधि सम्बन्धित प्रदेश निर्वाचन क्षेत्रभित्र रहेका सक्रिय सदस्यबाट प्रत्यक्ष रूपमा निर्वाचित भएर आउनुपर्नेछ ।

बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)मा विवाद हुँदा नेपालको कानुनभन्दा सम्झौतामाथि हुने प्रावधान आपत्तिजनक र संविधानको भावनाविपरीत हुने निष्कर्षसमेत निकालेको छ ।

संविधानविपरीत भएको सो व्यवस्था सच्याउन राप्रपाले संसद् र सरकारसँग माग गरेको हो ।