शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

प्रिमियर लिग फुटबलमा सिटी पराजित, आर्सनल बर्नलेसँग रोकियो

दैनिक नेपाल २०७६ माघ २० गते १०:५८

काठमाडाैं, २० माघ ।  इंग्लीश प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरले म्यान्चेस्टर सिटीलाई २–० ले हराएको छ । आफ्नै मैदानमा गएराति भएको खेलमा टोटनह्यामका लागि स्टेभन बर्गवीनले डेब्यु खेलमै गोल गरे ।

अर्को एक गोल कोरियाली खेलाडी हिउङ मिन सनले गरे । जितसँगै टोटनह्याम हट्सपर तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । उ चौथो स्थानको चेल्सी भन्दा चार अंकले पछाडी छ ।

पराजित टोली म्यान्चेस्टर सिटी भने शीर्ष स्थानको लिभरपुलभन्दा २२ अंकले पछि परेको छ । प्रिमियर लिग फुटबलकै अर्को खेलमा आर्सनललाई बर्नलेले गोलरहित बराबरीमा रोकेको छ ।

गएरातिका खेलहरुपछि प्रिमियर लिग फुटबलको अंक तालिकामा लिभरपुलले २५ खेलबाट ७३ अंक जोडेको छ । समान खेलबाट ५१ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको लेष्टर सिटीको ४९ अंक छ ।

४१ अंकसहित चेल्सी चौथो स्थानमा रहेको छ । ३७ अंक जोडेको टोटनह्याम हट्सपर पाँचौ स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित