शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

चीनले कोरोना भाइरस उपचारका लागि दश दिनमै हजार शैयाको अस्पताल तयार बनायो

दैनिक नेपाल २०७६ माघ २० गते १०:३८

काठमाडौं, २० माघ ।  कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि चीनले १० दिनमा एक हजार शैयाको आस्पताल निर्माण गरेको छ । संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि चीनले त्यसको उपचारका लागि नयाँ अस्पताल सञ्चालन गरेको छ ।

नयाँ अस्पतालमा विशेषज्ञ, चिकित्सक र स्वास्थ्यकर्मीसहित एक हजार भन्दा बढी संलग्न हुने बताइएको छ । यस्तै अन्य शहरहरुमा पनि नयाँ अस्पताल निर्माण हुने क्रममा रहेको र एक साताभित्रै सञ्चालनमा आउने चिनियाँ अधिकारीहरुलाई उध्रित गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चीनको वुहान शहरबाट गत डिसेम्बरमा सुरु भएको कोरोना भाइरसका कारण चीनमा मात्र मर्नेहरुको संख्या तीन सय नाघिसकेको छ भने १४ हजार भन्दा बढी प्रभावित भएका छन् ।

अन्य देशमा पनि उक्त भाइरसको संक्रमण बढ्दै गएको छ । अधिकांश देशहरुले चीन भ्रमण गरेका नागरिकलाई आफ्नो देशमा प्रवेशमा रोक लगाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित