शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामसँग म्यानचेस्टर सिटी पराजित

दैनिक नेपाल २०७६ माघ २० गते ८:२५

लण्डन, २० माघ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत साबिक विजेता म्यानचेस्टर सिटीलाई टोटनह्यामले स्तब्ध पारेको छ ।

लिग अन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्यामले म्यानचेस्टर सिटीलाई २–० ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा दुवै तर्फबाट गोल भएन । ६० औँ मिनेटमा जिनचेन्को दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि म्यानचेस्टर सिटी १० खेलाडीमा सीमित भयो ।

त्यसपछि टोटनह्यामले दुई गोल गरेको हो । ६३ औँ मिनेटमा स्टिभन बर्गवाइनले गोल गरेर टोटनह्यामलाई अग्रता दिलाए । ७१ औँ मिनेटमा सन हेङ–मिनले गोल गरेपछि टोटनह्याम २–० ले विजयी भयो । जितपछि टोटनह्याम पाँचौँ स्थानमा उक्लिएको छ ।

चौथो स्थानको चेल्सी भन्दा टोटनह्याम चार अंकले पछि छ । चेल्सीको २५ खेलबाट ४१ तथा टोटनह्यामको ३७ अंक छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ५१ अंक छ ।

दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा शीर्ष स्थानको लिभरपुल २२ अंकले अघि रहेको छ । लिभरपुलले आउँदो मार्च २१ मा क्रिष्टल प्यालेससँगको खेलपछि उपाधि जित्न सक्ने छ ।

प्रतिक्रिया
सम्बन्धित