बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

मलंगमा दिशाकाे नकारात्मक भूमिका

दैनिक नेपाल २०७६ माघ २० गते ७:०७

मुम्बई । बलिउड अभिनेत्री दिशा पटानीको फिल्म ‘मलंग’ ७ फेब्रुअरीमा रिलिज हुँदैछ । फिल्मको ट्रेलर रिलिज भएपछि दिशाको हट लुक र आदित्य राय कपूरको साथमा उनको केमिस्ट्रीको चर्चा चलिरहेको छ ।

फिल्ममा दिशा नकारात्मक भूमिकामा छिन् । यसका लागि उनले निकै तयारी गरेकी थिइन् । यो भूमिका लागि उनले हलिउड अभिनेत्रीको प्रेरणा लिएको बताएकी छिन् ।

फिल्मबारे दिशाले भनिन्, ‘फिल्ममा मेरो निकै दमदार भूमिका छ । कथा सुनेको पाँच मिनेटमा नै मैले फिल्म खेल्ने अनुमति दिएको थिएँ । धेरै कम अभिनेत्रीका लागि मात्रै यस्तो भूमिका प्राप्त हुन्छ । यो मौका गुमाउन चाहन्न थिएँ । मलाई अफर गरियो, मैले तुरुन्तै हुन्छ भनेँ । नेगेटिभ रोल गर्न मजा आयो ।’

आफ्नो रोलको बारेमा उनले भनिन्, ‘एन्जेलिना जोली मेरी मन पर्ने अभिनेत्री हुन् । उनीबाट धेरै सिक्छु । उनी दुनियाँकी सबैभन्दा सेक्सी भिलेन हुन् । मैले उनका केही फिल्मबाट प्रेरणा लिएकी हुँ ।’

मोहित सुरीको निर्देशनमा बनेको ‘मलंग’मा अनिल कपूर र कुणाल खेमुपनि महत्वपूर्ण भूमिकामा छन् ।

प्रतिक्रिया
सम्बन्धित