
काठमाडौँ, १९ माघ । चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ परेका छन् । प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेल एक लाख घुससहित पक्राउ परेका हुन् ।
अख्तियारका अनुसार आइतबार दिउँसो सेवाग्राहीको गुनासोपछि पुगेको अख्तियारको टोलीले उनलाई घुससहित पक्राउ गरेको हो ।
पौडेलमाथि अनुसन्धान सुरु भएको बताइएको छ ।















प्रतिक्रिया