बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

महालक्ष्मी विकास बैंकका ग्राहकहरुको प्रशासनिक शुल्क फिर्ता

दैनिक नेपाल २०७६ माघ १९ गते १९:०४
काठमाडौँ, १९ माघ । महालक्ष्मी विकास बैंक लिले महालक्ष्मी उद्यमशील कर्जा योजना अन्तर्गत नियमित रुपमा कर्जाको किस्ता/ब्याज भुक्तानी गर्ने ग्राहकहरुलाई प्रशासनिक शुल्क फिर्ता गरेको छ ।
ग्राहकहरुले नियमित रुपमा कर्जाको किस्ता/ब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर स्वरुप बैंकले उक्त शुल्क फिर्ता गरेको हो ।
बैंकले प्रदान गरेको उक्त सुविधाबाट यस आर्थिक वर्षको असोज मसान्तसम्म करिब ६० जना ग्राहक लाभान्वित हुन सफल भएका छन् ।
आगामी दिनहरुमा समेत कर्जाको किस्ता/ब्याज नियमित भुक्तानी गर्ने ग्राहकहरुलाई संस्थाको नियमानुसार प्रशासनिक शुल्क फिर्ता गर्दै जाने बै‌ंकले जनाएको छ ।
देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लिको ग्राहक संख्या ५ लाख भन्दा बढी रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित