मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

भारतमा हिन्दु महासभाका अध्यक्ष वच्चनको गोली हानी हत्या

दैनिक नेपाल २०७६ माघ १९ गते १५:४३

काठमाडौँ, १९ माघ । अखिल भारतीय हिन्दु महासभाका प्रदेश अध्यक्ष रणजीत वच्चनको गोली हानी हत्या भएको छ । उत्तर प्रदेशको राजधानी लखनउमा आइतबार बिहान आफ्ना भाइसँगै बिहानको पैदल यात्रा गरिरहेको समयमा उनको हत्या भएको हो ।

बच्चनको लखनउको पाश इलाका हजरतगंजमा गोली हानी हत्या भएको हो । गोली प्रहारबाट रंजितका भाइ समेत घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

त्यहाँका प्रहरीका अनुसार, ‘रणजीत बच्चन आइतबार बिहान ६ बजे आफ्ना भाइसँग बिहानको पैदल यात्रामा बाहिर निस्किएका थिए । हजरतगंज क्षेत्रको सीडीआरआईको नजिकै मोटरसाइकलमा सवार व्यक्तिहरूले उनलाई टाउकोमा गोली प्रहार गरे ।

गोली लागेर उनको घटनास्थलमै मृत्यु भयो । उद्दार गर्न आएका उनका भाइलाई पनि गोली लागेको छ । शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ ।’

वच्चनको हत्या भएको क्षेत्र निकै महत्वपूर्ण क्षेत्र हो जहाँ विधान सभा, सचिवालय र सबै सरकारी कार्यालयहरू बाहेक अधिकारी र मन्त्रीहरूको बस्ने ठाउँ पनि छ ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ भने वच्चनको परिवारका सदस्यबाट कुनै पनि उजुरी नआएको जनाइएको छ । समाजवादी पार्टीको शासनकालमा उनी राज्यमन्त्री समेत थिए । राज्यमन्त्री बनेदेखि नै उनी ओसीआरको सरकारी निवासमा बस्दै आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित