
काठमाडौँ, १९ माघ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पार्टीका सांसदलाई आइतबार राति सरकारी निवास बालुवाटारमा रात्रिभोज दिने भएका छन् ।
प्रधानमन्त्री ओलीले राष्ट्रियसभा र प्रतिनिधिसभाका सबै सदस्यहरुलाई रात्रिभोजमा अनिवार्य उपस्थित हुन सांसदहरुलाई अनुरोध गरेका छन् ।
रात्रिभोजमा सहभागी हुन नेकपामा सबै सांसदहरूलाई मोबाइलमा म्यासेज आएको छ ।
नेकपा संसदीय दलले सबै सांसदहरुलाई आइतबार बेलुका ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सबै सांसदहरुलाई अनिवार्य उपस्थिति हुन भनेको छ ।
रात्रिभोज किन आयोजना गरिएको भन्नेबारे विभिन्न अनुमान गरिएको छ । एमसीसीको विषयमा धारणा निर्माण गर्न थप छलफल पनि हुन सक्ने बताइएको छ ।















प्रतिक्रिया