शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

नेकपामा एमसीसीबारे टुंगो लगाउन खनाल संयोजकत्वको कार्यदल

दैनिक नेपाल २०७६ माघ १९ गते १५:०१


काठमाडौँ, १९ माघ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे सुझाव संकलन गर्न कार्यदल गठन गरेको छ ।

वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा स्थायी कमिटी सदस्यहरु भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको कार्यदल गठन गरिएको छ ।
केन्द्रीय कार्यसमिति बैठकमा जवाफ दिने क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस्तो घोषणा गरेका हुन् ।

एमसीसी सम्झौता बहुमत–अल्पमतका आधारमा एमसीसीबारे निर्णय गर्न नहुनेमा भने सबै केन्द्रीय सदस्यहरु एक मत थिए । एमसीसी पास गरिहाल्नुपर्ने वा परिमार्जन गर्नुपर्नेमा विवाद नै थियो । त्यसै विषयमा टुंगो लगाउन नेकपाले कार्यदल गठन गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित