
काठमाडौँ, १९ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक सकिएको छ । केन्द्रीय समिति बैठकमा उठेका जिज्ञासाको जवाफ दिने विषयमा छलफल हुँदै बैठक सकिएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल पश्चात् बैठक सुरु भएको थियो ।
अब केन्द्रीय समिति बैठक बस्दैछ । गत बुधबारदेखि चलिरहेको केन्द्रीय समिति बैठक जारी छ । शनिबारसम्म सदस्यले बोल्ने क्रम सकिएको छ ।
आइतबार महासचिव विष्णु पौडेल र अध्यक्ष प्रचण्डले बैठकमा उठेका सवालको जवाफ दिने कार्यक्रम छ । महासचिव विष्णु पौडेल र प्रचण्डबीच आइतबार बिहानै प्रचण्ड निवास खुमलटारमा भेटघाट भएको थियो ।
दुई अध्यक्षबीचको छलफल र त्यसपछि सचिवालय बैठक बसी एउटा निचोडमा पुगेर केन्द्रीय समिति बैठकमा अध्यक्ष र महासचिव प्रस्तुत हुने तयारीमा छन् । जारी केन्द्रीय समिति बैठक आइतबार १ बजेका लागि बोलाइएको छ ।
अध्यक्ष र महासचिवले जवाफ दिएपछि आजै केन्द्रीय समिति बैठक सकाउने तयारी छ । सचिवालय सदस्यहरुलाई बोल्न दिने निर्णय भएमा बैठक सोमबारसम्म लम्बिने छ ।















प्रतिक्रिया