१ कार्तिक २०८३, आइतबार

रौतहटमा चार वर्षीया बालिका बलात्कृत, आराेपी पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


रौतहट, १९ माघ । रौतहटको गौरमा बिहीबार राति ४ वर्षकी बालिकाको बलात्कार भएको समाचार सर्वजनिक भएको छ । बलात्कार आरोपमा प्रहरीले गौर नगरपालिका १ मा साइकल मर्मत गर्ने ५४ वर्षका रामकिशोर मिश्रलाई पक्राउ गरेको छ ।

बालिकाका छिमेकी मिश्रले चकलेट बिस्कुट दिई ललाई फकाई घर नजिकै बारीमा लगी बलात्कार गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ । बालिकाको गुप्तांगबाट अत्याधिक रक्तश्राव भएर रोइकराई गरे पछि बालिकाको ठूली आमाले सोधपुछ गर्दा घटना खुलेको थियो ।

बालिकाको बयानकै आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटले मिश्रलाई पक्राउ गरेको हो । पीडित बालिकाको जिल्ला अस्पताल गौरमा स्वास्थ्य परीक्षण गरिएको रौतहटका प्रहरी प्रवक्ता डीएसपी नविन कार्कीले जानकारी दिए ।