बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

हिमालयन शेर्पामाथि संकटाको जित

दैनिक नेपाल २०७६ माघ १९ गते १६:१०

काठमाडौं, १९  माघ । सहिद स्मारक ए डिभिजन लिगमा संकटा क्लबले हिमालयन शेर्पा क्लबलाई हराएको छ । संकटाले हिमालयन शेर्पामाथि १–० को जित हात पार्यो ।

दशरथ रङ्गशालामा सम्पन्न खेलमा संकटाका लागि अजायी मार्टिन्स कायोडेले गर्नुभएको एक मात्र गोल नै निर्णायक रहन गयो । उहाँले खेलको २१ औं मिनेटमा क्षितिज राज जिटीको क्रसमा पेनाल्टी क्षेत्रभित्रबाट हेडमार्फत गोल गर्नुभयो । १५ मिनेटपछि शेर्पाका लागि विजय श्रेष्ठको प्रहारले पोष्टको दिशा लिन नसक्दा उसले बराबरी गर्ने अवसर गुमायो ।

जितसँगै संकटा अङ्कतालिकाको छैठौं स्थानमा उक्लिएको छ । उसले दश खेलमध्ये चारमा जित, तीनमा हारसँगै १५ अङ्क जोडेको छ । शेर्पा भने दश खेलबाट सात अङ्क जोडेर पूछारबाट तेस्रो स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित