
काठमाडौं, १९ माघ । नेकपा केन्द्रीय कमिटी बैठकमा उठेका प्रश्नको जवाफ आज नेकपा अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले दिने तयारी भएको बुझिएको छ ।
बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले समितिमा उठेका प्रश्नको जवाफ दहालले दिने गरी तयारी भएको नेकपा स्रोतले जनाएको छ । दिउँसो १ बजे बस्ने केन्द्रीय समिति बैठकमा अध्यक्षले जवाफ दिनेछन् ।
केन्द्रीय समिति बैठकमा अध्यक्षद्वयका तर्फबाट दाहालले राजनीतिक तथा महासचिव विष्णु पौडेलले संगठनात्मक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पेस गरेका थिए ।
समूहगत छलफलका क्रममा केन्द्रीय सदस्यले नेताहरूको जीवनशैली विलासी बनेको, पार्टी र नेतामा भ्रष्ट आचरण मौलाएको, पार्टीमा नेतृत्वले नै गुटको नेतृत्व गरेको, सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको जस्ता प्रश्न उठाएका छन् । बैठक आजै सक्ने तयारी पनि पार्टीले गरेको छ ।















प्रतिक्रिया