शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

कोरोना भाइरस : चीनमा मृत्यु हुनेको संख्या तीन सय नाघ्यो, फिलिपिन्समा एकको मृत्यु

दैनिक नेपाल २०७६ माघ १९ गते १०:५१

काठमाडौँ, १९ माघ । कोरोना भाइरसका कारण चीनमा अहिलेसम्म तिन सय भन्दा धेरैको मृत्यु भएको छ ।

विश्वव्यापी बन्दै गएको यो भाइरस विश्वका विभिन्न मुलुकमा फैलिइसकेको छ । १२ हजारभन्दा बढी चिनियाँमा यसको संक्रमण देखिएको छ।

भाइरसको प्रकोप फैलिँदै गएपछि विश्व स्वास्थ्य संगठनले आपत्कालीन अवस्थाको घोषणा गरेको छ भने विभिन्न देशले चीनसँगको नाकाबाट हुने आवत–जावतलाई कडाइ गरेका छन् ।

अमेरिकाले केही समयका लागि चिनियाँलाई भिषा नदिने घोषणा गरेको छ भने अष्ट्रेलियाले पनि प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया
सम्बन्धित