काठमाडाैं, १९ माघ । कोरोना भाइरसका कारण चीनबाहिर एक जनाको ज्यान गएको छ ।
फिलिपिन्समा काेरोना सङ्क्रमित ४४ वर्षीय एक जना पुरुषको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्मयले जनाएका छन् । काेराेना भाइरसका कारण चीन बाहिर कसैकाे ज्यान गएकाे याे पहिलाे घटना हाे ।
काेराेना भाइरसकाे सङ्क्रमण देखिएपछि उनको सान लजारो अस्पतालमा गएको माघ ११ गतेदेखि उपचार भैरहेको थियो ।















प्रतिक्रिया