बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

इङ्ग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलसँग साउथह्याम्टन पराजित

दैनिक नेपाल २०७६ माघ १९ गते ८:०८

लण्डन, १९ माघ । इङ्ग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलले साउथह्याम्टनलाई हराउँदै आफ्नो अग्रतालाई झन् फराकिलो बनाएको छ ।

शनिबार भएकाे खेलमा साउथह्याम्टनलाई चार–शून्य गाेल अन्तरले हराउँदै लिभरपुलले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीसँगको अग्रता २२ अङ्कमा पुर्‍याएको छ ।

घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले जित निकालेसँगै उसको उपाधि यात्रा झन् बलियो बनेको छ । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा लिभरपुलले चार गोल गर्‍याे ।

खेलको ४७औँ मिनेटमा एलेक्स च्याम्बरलिनले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । त्यसपछि ६०औँ मिनेटमा जाेर्डन हेन्डरसनको गोलमा लिभरपुलले खेलमा दुई–शून्यकाे अग्रता बनायाे ।

त्यस्तै खेलकाे ७१औँ र ९० मिनेटमा मोहम्मद सलाहले गोल गर्दा लिभरपुलले चार शून्यकाे फराकिलाे जित निकाल्याे । जितपछि लिभरपुलले २५ खेलमा ७३ अङ्क बनाएको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीको ५१ अङ्क छ ।

प्रतिक्रिया
सम्बन्धित