शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

सशस्त्रद्वारा ५ लाख रुपैयाँसहित अवैध सामान बरामद

दैनिक नेपाल २०७६ माघ १८ गते २१:३४


काठमाडौँ, १८ माघ । झापाको मेचीनगर नगरपालिका ८ जोरसिमलबाट शनिबार सशस्त्रले करीब ३ लाख ७६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले चोरीपैठारी गरी ल्याउँदै गरेको अवस्थामा नक्कली गरगहना, लत्ताकपडा र औषधी सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म हेक्वा झापाको टोलीले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट देवडियाबाट खटिएको टोलीले माघ १८ गते करीब १ लाख ३२ हजार रुपैयाँ बराबरको स्टिलको भाडा तथा विभिन्न किसिमका किराना सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त सामान धनुषा जिल्लाको धनौजी गाँउपालिका ४ स्थित सीमा ईलाकाबाट बरामद गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले बताए ।

प्रतिक्रिया
सम्बन्धित