बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

चितवन प्रिमियर लिग : माडी ६ विकेटले विजयी

दैनिक नेपाल २०७६ माघ १८ गते २१:१७


चितवन, १८ माघ । पहिलो संस्करणको सिएमसी चितवन प्रिमियर लिग (सिपिएल) टि २० क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न खेलमा माडी टाइगर्स विजयी भएको छ । माडीले सौराहा स्याण्ड्सलाई पराजित गरेको हो ।

सौराहाले दिएको ७० रनको लक्ष्य माडीले ११.२ ओभरमा ४ विकेट गुमाउँदै जित हात पार्यो । माडीका लागि राष्ट्रिय खेलाडी कृष्ण कार्कीले म्यान अफ दि म्याच चितवन टाइगर्सबाट प्राप्त गरे ।

उनले ४ ओभरमा १० रन दिएर ३ विकेट लिएका थिए । माडी किशोर महत्तो र सौराहा सन्तोष न्यौपानेको कप्तानीमा मैदानमा उत्रिएको हो ।

यस अघि शुक्रबार सम्पन्न उद्घाटन खेलमा राइट एण्ड एसोसिएट भरतपुर गुर्खाज जीत हात पारेको थियो । भरतपुरले इच्छाकामना वारीयर्सलाई पराजित गर्दै बिजयी सुरुवात गरेको हो ।

२५ गतेसम्म चल्ने प्रतियोगितामा चितवनका ५ टिमहरु भरतपुर गुर्खाज, सौराहा स्याण्ड्स, राप्ती र्‍यापिडस, माडी टाइगर्स र इच्छाकामना वारियर्सको सहभागिता रहेको छ ।

प्रतियोगितामा सहभागी टिमले दुई जना राष्ट्रिय खेलाडी (अन्डर १९) अनिवार्य र तीन जना स्थानीय खेलाडी अनिवार्य राख्नुपर्नेछ । प्रतियोगिताको विजेताले रु दुई लाखसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु एक लाखमा चित्त बुझाउनेछ ।

यस्तै बिभिन्न बिधामा उत्कृष्ट हुने खेलाडीहरुले पनि पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट अलराउण्डरले पनि पुरस्कार प्राप्त गर्नेछन् । यस्तै हरेक दिनको म्यान अफ दि म्याचले ट्रफी प्राप्त गर्नेछ ।

प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई नेपालकै सबैभन्दा ठूलो व्यवसायिक लिग एभरेष्ट प्रिमियर लिग (इपीएल)को टिम चितवन टाइगर्सबाट खेल्न पाउने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । चितवन क्रिकेट संघ सह आयोजक रहेको यस किसिमको लिग चितवनमै पहिलो पटक आयोजना भएको हो ।

प्रतिक्रिया
सम्बन्धित