
डडेल्धुरा, १८ माघ । डडेल्धुरा जिल्ला सदरमुकाममा रहेको क्रषिखोला सामुदायिक वन कटानी क्षकानीका नाममा विनाश भईरहेको छ । तर जिल्ला वन कार्यालय भने बेखबर रहेको छ ।
ऋषिखोला सामुदायिक बन उपभोक्ता समितिले बन कटानी तथा क्षकानी गर्ने निर्णय गरेसँगै क्षकानीका नाममा राम्रो रुखहरु समेत धमाधन काट्न थालेका छन् ।
डडेल्धुरा जिल्ला सदरमुकामको सौन्र्दयका रुपमा रहेको ऋषिखोला सामुदायिक बनलाई संरक्षण गरि व्यवस्थापन गर्नुका सट्टा राम्रो रुखहरु, लालिगुँरासका रुखहरु उपभोक्ताहरुले काटिरहेका छन् ।
वन कटानीक्षेकानीका नाममा केही व्यक्तिहरुले दैनिक ज्यालामा मान्छे खोजी वन सखाप पारीरहेको वन उपभोक्ताले बताएका छन् ।
नाम गोप्य राख्ने शर्तमा एकजना उपभोक्ता महिलाले भनिन् साना, बाङ्गाटिङगा रुखका हाँगा काटेर क्षकानी गर्नु पर्ने हो तर यहाँ त ठुलाठुला रुखहरुमात्रै ढाल्ने गरेका छन् । उनले भनिन् वन कार्यालय नजिकै छ फोन गरेर कटानी रोक्न आग्रह गर्दा समेत वन कार्यालयले वास्ता गरेको छैन ।
डडेल्धुराको पर्यटकिय क्षेत्रका रुपमा रहेको क्रषिखोला सामुदायिक वनमा कटानी क्षकानीका रुपमा गलत भईरहेको वन विनाश हुने अवस्था देखा परेको सामाजिक अभियान्ता भरत नेपालीले बताए ।
वन क्षकानी तथा कटानी गरि वनको संरक्षण गर्ने कार्य राम्रो भए पनि व्यवस्थापन नहुदा राम्रो रुखहरु समेत काटिरहेका छन् ।
वन संरक्षणका लागि वनको कटानी क्षकानी आवश्यक हो तर वन कटानी क्षकानीको कुनै मापदण्ड प्रयोग नगरि वन विनाश भईरहेको छ ।
यसले पर्यावरणीय क्षेत्रमा समेत प्रभाव पार्ने भएकोले तत्काल वन कटानी कार्य रोक्नु पर्ने अमरगढी नगर कार्यपालिका सदस्य तथा क्रषिखोला सामुदायिक वनका उपभोक्ता सन्जय जैरुले बताए ।
उपभोक्ता समितिले करिब ६ वर्षपछि वन कटानी तथा क्षकानी गर्ने निर्णय गरेको क्रषिखोला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सरिता गुरुङले बताईन् । उनले भनिन् मेरो अध्यक्षतामा नयाँ समिति गठन भएपछि यो कटानी क्षकानी खुल्ला गरेका हौँ ।
उपभोक्ताले दाउरा कटानीका लागी दवाव दिएपछि वन क्षकानी खुल्ला गरेको र प्रति परिवारले एकदिनमा ३ घण्टा २ जना व्यक्ति वनकटानीमा लगाउने गरी निर्णय समेत गरेका छौँ ।

वनको कटानी क्षकानीका लागि माघ महिनादेखि फागुन १५ सम्म गर्ने गरिने भएको र क्षकानी÷कटानी गर्दा फोर डिको आधारमा रुखहरु काट्नु पर्ने हो त्यसको अनुगमन गर्ने अमरगढी वन सवडिभिजन कार्यालयका रेञ्जर पुष्पाञ्जली आचार्यले बताइन् ।
वन कटानीका लागि कार्यालयमा पत्र आएको र एक जना कर्मचारी पनि कटानी क्षत्रमा खटाएको उनले बताईन् ।
जिल्ला वन कार्यालय डडेल्धुरासँगै जोडिएको वनमा भईरहेको वन अतिक्रमणका बारेमा वन कार्यालयले खासै चासो देखाएको देखिँदैन । उक्त वन संरक्षणका लागि वन कार्यालय हजारौँको लगानी गरेको देखिन्छ ।
वन कार्यालयका प्रमुखहरुले क्रषिखोला वनको हरेक ठाउँमा चर्चा गर्ने गर्छन् तर अव्यवस्थितहरुमा भईरहको वन कटानी तथा क्षकानी कार्यप्रति भने वन कार्यालयले स्पष्ट कुनै जवाफ दिन सकेको छैन ।















प्रतिक्रिया