१ कार्तिक २०८३, आइतबार

नेपाल खड्गी सेवा समितिद्वारा प्रहरी महानिरीक्षक खनाल सम्मानित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १८ माघ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई सम्मानित भएका छन् । समुदाय प्रहरी साझेदारी अन्तर्गत नेपाल खड्गी सेवा समितिद्वारा शनिबार बसन्तपुर डबलीमा आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई सम्मान गरिएको हो ।

नेपाल खड्गी सेवा समितिको सातौँ राष्ट्रिय महाअधिवेशनको अवसरमा आयोजित कार्यक्रमबीच प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई सम्मान गरिएको हो ।

प्रहरी महानिरीक्षक खनालले राष्ट्र सेवामा समर्पित हुँदै सफलताकासाथ नेपाल प्रहरी प्रमुख, प्रहरी महानिरीक्षकको गरिमामय पदमा रही समाजमा शान्ति सुव्यवस्था कायम गर्न एवम् राष्ट्र निर्माण कार्यमा पुर्याउनु भएको योगदानको प्रशंसा गर्दै उनलाई सम्मान गरिएको हो ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समितिका पदाधिकारीहरु, विभिन्न गुठी, सो समितिकोतर्फबाट प्रतिनिधित्व गरेर १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरु, समितिद्वारा आयोजित विभिन्न प्रतियोगिताका विजयी खेलाडीहरु एवम् समितिलाई सहयोग पुर्याउने संघसंस्था तथा महानुभावलाई पुरस्कार, प्रशंसापत्र प्रदान गरी सम्मान गरेका थिए ।

सो अवसरमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘नाय, सिंह, शाही र खड्गी समाजको संस्कार’ नामक पुस्तक विमोचन गर्दै समाजमा शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीले अवलम्बन गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रम अत्यन्तै फलदायी रहेको चर्चा गरे ।

कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले ‘समुदाय प्रहरी साझेदारीया अवधारणा पत्र नेपालभाषा अनुवाद’ नामक पुस्तकको विमोचन गर्दै सुरक्षित समाज र राष्ट्र निर्माणको कार्यमा स्थानीय तहसँग समन्वय गरेर समुदाय प्रहरी साझेदारीको अवधारणा अन्तर्गत समुदायसँग सहकार्य गर्दै अगाडि बढेको बताए ।

समाजमा शान्ति स्थापना तथा अपराध नियन्त्रणका साथ साथै नेपाल खड्गी सेवा समितिले गरेको सकारात्मक कार्यको उनले प्रशंसा गरे ।

कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्व राज पोखरेल, प्रहरी वरिष्ठ अधिकृतहरु, नेपाल खड्गी सेवा समितिका पदाधिकारीहरु, स्थानीय बासिन्दाहरु लगायतको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा नेपाल प्रहरी संगीत विद्यालय महाराजगंज तथा नेपाल खड्गी सेवा समितिद्वारा विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।