शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

ए डिभिजन लिगमा ह्याट्रिकसहित थ्रीस्टारको सानदार जित

दैनिक नेपाल २०७६ माघ १८ गते १५:२१

काठमाडौं, १८ माघ ।   ललितपुरको थ्रीस्टार क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सरस्वती युथ क्लबविरुद्ध सानदार जित निकालेको छ ।

दशरथ रंगशालामा शनिबार भएको खेलमा थ्रीस्टारले रेलिगेसनमा रहेको सरस्वती युथ क्लबलाई ४–० गोलले हरायो । लिगमा थ्रीस्टार क्लबका सन्जोग राईले शनिबार ह्याट्रिक गरेका हुन्।

दशौं चरणको पहिलो खेलमा राईले अंक तालिकाको पुछारमा रहेको सरस्वती युवा क्लबविरुद्ध ह्याट्रिक गरे। जारी लिगमा सन्जोगको यो पहिलो ह्याट्रिक हो । अर्को गोल लाल रामवाले गरे । पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको थ्रीस्टारले सबै गोल दोस्रो हाफमा गरेको थियो । भारतीय खेलाडी लाल रामवाले ४९औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

सन्जोगले ५७औं, ६०औं र ७१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । म्यान अफ दी म्याच भएका सन्जोगले १० हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै थ्री स्टार लिगको चौंथो स्थानमा उक्लिएको छ । थ्रीस्टारले १० खेलबाट १७ अंक बनाएको छ । समाना खेलबाट चार अंक बनाएको सरस्वती अन्तिममा छ ।

प्रतिक्रिया
सम्बन्धित