बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

नेपाल आइडलका म्युजिसियनको फ्युजन गीत (भिडिओ)

दैनिक नेपाल २०७६ माघ १८ गते १२:५९

काठमाडौं । नेपाल आइडलका म्युजिसियन मिलेर नयाँ फ्युजन गीतको भिडिओ सार्वजनिक गरेका छन् । राजेश घिमिरेको स्वर रहेको ‘ढल्क्यो जोवन’ बोलको गीत सुत्र टिभिको युट्युब च्यानलबाट रिलिज गरिएको हो ।

दिपक आरजेको संगीत रहेको गीतको शब्द रचना संगीतकार आरजे र वाईपी जोशीले गरेका छन् ।

विगत लामो समयदेखि अष्ट्रेलियामा रहेर पनि संगीत क्षेत्रमा आवद्ध राजेश घिमिरे त्यँहाको नेपाली व्याण्ड ¥याड्स स्टुडियोमा सक्रिय छन् । साथै, उनले त्यँहा आयोजना हुने थुप्रै नेपाली साँगीतिक कार्यक्रमको रोटेपिङ इन्टरटेनमेन्ट मार्फत म्यानेजमेन्टको जिम्मेवारी सम्हालि सकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित