शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

‘डियर कमरेड’बाट हिट भइन रश्मिका

दैनिक नेपाल २०७६ माघ १८ गते ७:५९

मुम्बई । दक्षिण भारतको फिल्म ‘डियर कमरेड’ नामक सिनेमा नेपाल ट्रेन्डिङमा कब्जा जमाएर बसेको छ । सिनेमाका बारेमा नेपालका फिल्मका पारखीहरू त्यसमा पनि युवा दर्शकहरूले सकारात्मक धारणा राखिरहेका छन् । युवापुस्तामाझ लोकप्रिय रहेका विभिन्न ग्रुपमा फिल्मको चर्चा भएको छ ।

फिल्मको मुख्य भूमिकामा छन् विजय देवराकोंडा र रश्मिका मन्डाना । उनी अभिनित ‘अर्जुन रेड्डी’ नामक फिल्मको हिन्दी संस्करण ‘कबीर सिंह’ले गर्दा उनको चर्चा छ ।

‘डियर कमरेड’को रिलिज लगत्तै चर्चित बलिउड निर्माता तथा निर्देशक करण जोहरले लगत्तै हिन्दीमा यस फिल्मलाई बनाउने घोषणा गरेपछि यो फिल्मलाई लिएर दर्शकमा रुचि जाग्न सुरू भएको थियो ।

विजयका कारण दर्शकको प्रारंभिक आकर्षणमा परेको फिल्मले नयाँ आकर्षण दिएको छ । ती आकर्षण भनेको यसकी अभिनेत्री रश्मिका हुन् ।

कन्नड फिल्मबाट रजतपटमा प्रवेश गरेकी रश्मिका कति लोकप्रिय छिन भन्ने कुरा उनलाई दिइएको ‘कर्नाटका क्रस’को उपनामबाटै सजिलै बुझ्न सकिन्छ । मोडलिङबाट फिल्ममा प्रवेश गरेकी रश्मिकाको सफलता र लोकप्रियताको असाध्यै छिटोछिटो अघि बढेको छ ।

२४ वर्षीया रश्मिका सन् २०१६ मा कन्नड फिल्म ‘किरिक पार्टी’बाट डेब्यू भएकी हुन् । हाल तेलेगु र कन्नड फिल्ममा व्यस्त रश्मिका ती थोरै अभिनेत्रीमा पर्छिन जसको फिल्मले थोरै समयमा एक खर्ब भारूको कमाइ गरेका छन् ।

‘किरिक पार्टी’बाट डेब्यू भएकी रश्मिकाका त्यसपछि दुई रिलिज ‘अन्जनी पुत्र’ र ‘चमक’ व्यापारिकरुपमा अत्यन्त सफल भए । यसले उनको डेब्यू फिल्मबाट पाउन थालेको लोकप्रियतालाई अझ उचाइँ प्रदान गर्‍यो । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित