४ कार्तिक २०८३, बुधबार

चीनमा रहेका नेपालीलाई फर्काउने बारे छलफल भइरहेको छ : परराष्ट्र

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १८ माघ । चिनियाँ राजदूत होउ यान्छीले चीनमा अहिले फैलिरहेको भाइरसको महामारी रोक्न गरेको प्रयासबारे सरकारलाई औपचारिक जानकारी गराइएकी छन् ।

उनले स्वास्थ्य, पर्यटन र परराष्ट्र मन्त्रालयमा पुगेर त्यसबारे जानकारी दिएकी हुन् । नेपालीहरु अहिलेसम्म संक्रमणमा नपरेको जानकारी बेइजिङस्थित दूतावासबाट आएको उनले भनेकी छन् ।

परराष्ट्र सचिव शंकरदास बैरागीले भने, ‘हामी तत्काल नेपालीलाई उद्धार गर्ने चरणमा छौं । सबैसँग समन्वय गरेर त्यसमा अघि बढ्न लागेका छौं । पर्यटन र स्वास्थ्यले गर्ने कार्य र तयारीमा परराष्ट्रले कुटनीतिक पहल गर्ने हो ।’

त्यहाँको अवस्थाबारे जानकारी लिएका उनले कहाँलाई केन्द्र बनाएर सबै स्थानका नेपालीलाई कसरी ल्याउने विषयमा छलफल भइरहेको उनले बताए । चिनियाँ राजदूतले त्यहाँ भइरहेको प्रयासमा विदेशी स्वदेशी नभनी काम गरिरहेको उनले बताए ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालले जोखिम रहेमा फर्काउने बताएका छन् भने परराष्ट्रमन्त्री ज्ञवालीले जुनसुकै बेला नेपालीलाई फर्काउन सकिने बताइरहेका छन् । तर यस्तो अवस्था आउँदा पनि किन नफर्काइएको भन्दा परराष्ट्र सचिव बैरागीले भने, ‘हामी फर्काउने विषयमा छलफल गरिरहेका छौं । अन्यले फर्काए हामीले नफर्काउने भन्ने हुँदैन ।’ अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।