१ कार्तिक २०८३, आइतबार

अवैधरुपमा कुखुरा भित्र्याउने एक भारतीयसहित २ जना पक्राउ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


बर्दिया, १७ माघ । भारतबाट लुकाईछिपाई अवैधरुपमा कुखुरा नेपाल भित्र्याउने एक जना भारतीय नागरिकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गुलरिया नगरपालिका ११ का ३४ वर्षीय नैमु शेख र भारतको जिल्ला बहराइच मोतिपुर बस्ने ३१ वर्षीय पप्पु खानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

बिहीबार राती जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई अवैध व्रोइलर कुखुरासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुबाट अवैधरुपमा नेपाल ल्याउदै गरेको २८ वटा व्रोइलर कुखुरा बरामद गरेको छ ।

यसको बजार मूल्य करिव १५ हजार १ सय २० रहेको प्रहरीको भनाई छ । वरामद गरिएको कुखुरालाई पशु क्वारेन्टाइन कार्यालयमा पठाइएको प्रहरीले जनायो ।