
काठमाडौँ, १७ माघ । भारतको जम्मु-कस्मिरमा शुक्रबार बिहानै भएको भिडन्तमा तीन जना आतंककारी मारिएका छन् । जम्मु-कस्मिर
प्रहरीका अनुसार बिहान पाँच बजेतिर जम्मु(कस्मिर राजमार्गस्थित नाग्रोताको एक टोल प्लाजामा जाँचका क्रममा भीडन्त भएको हो।
प्रहरीले जाँचका क्रममा श्रीनगर जान लागेको एउटा ट्रकलाई रोक्दा भित्र रहेका आतंककारीले गोली चलाएको दाबी गरेको छ। गोली लागेर एक जना प्रहरी घाइते भएको र ट्रकभित्रका तीन जना मारिएको बताइएको छ।
मारिएकाहरू कुन समूहका सदस्य हुन् भन्ने खुलाइएको छैन।















प्रतिक्रिया