१ कार्तिक २०८३, आइतबार

घोराही महोत्सवमा बद्रीले आमाहरुलाई रुवाए, युवाहरुलाई नचाए

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घोराही, १६ माघ । दाङ चेम्बर अफ कमर्सको आयोजनामा माघ १० देखि गते देखि घोराहीमा सुरु भएको ‘नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रवर्द्धन व्यापारिक एवं कृषि औद्योगिक महोत्सव–२०७६’ को सातौँ दिन गायक बद्री पङ्गेनीले वेजोड प्रस्तुती देखाएका छन् ।

बिहिवार सरस्वती पूजा भएका कारण दर्शकहरुको संख्या समेत निकै बढेको थियो । मञ्चमा दर्शकहरुले खचाखच भरिएको थियो । शुरुका दिनहरुको तुलनामा बुधवार दर्शक बढी आएका थिए ।

बुधवारको तुलनामा बिहिवार निकै धेरै दर्शकहरु आएको चेम्वर अफ कमर्स दाङकी सह–कोषाध्यक्ष लक्ष्मी अधिकारीले जानकारी दिए । ‘यसरी दर्शकहरुको संख्या दिनप्रतिदिन बढीरहँदा हामी निकै खुशी भएका छौँ,’ उनले भने, ‘हामीले अपेक्षा गरेको भन्दा निकै भव्य र सभ्य तरिकाले महोत्सव सफल हुने देखिएको छ ।’

महोत्सवमा लोकप्रिय गायक बद्री पङ्गेनीले सुरुमा आमाहरुलाई लक्षित गरी विदेशिएको छोराले छुट्टी नपाएर घर नआएको विषयलाई समेटेर गीत गाएका थिए । गीत मार्फत कम्पनीले छुट्टी नदिएको अर्को वर्ष अवश्य आउँछु भन्ने भावको गीत गाउँदा धेरै आमाहरुको आखाँ रसाएको थियो ।

त्यस लगत्तै बद्रीले युवाहरुलाई लक्षित गरी ‘पानी सलल’, ‘सुर्खेत वुलवुल ताल’, ‘ससुरालीमा’ लगायतका गीत गाउँदा युवाहरु छमछमी नाचेका थिए ।

अन्तिमा बद्रीले ‘लाउचेली सिन्दुर लाउ, निको पार हृदयको गाउँ’ बोलको गीत गाएका थिए । उनले गीत गाउँदा धेरै नारीहरुको आँखा रसाएको थियो ।

कार्यक्रममा चर्चित मोडले अञ्जली अधिकारीले विभिन्न विगतमा नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष टिकारम खड्का लगायत चेम्वरका अध्यक्ष श्रीधर महरा, निर्वतमान अध्यक्ष दीपक सुवेदी, उपाध्यक्ष घनश्याम अधिकारी, वलदेव योगी, महासचिव टिकादत्त खनाल, कोषाध्यक्ष विकास अग्रवाल लगायत चेम्वकार पदाधिकारी तथा सदस्यहरु छमछमी नाचेका थिए ।

शुक्रबार जीवन शर्मा आउने

शुक्रवार जनवादी गायक जीवन शर्मा आउने कार्यक्रम रहेको छ । शर्माको साथमा तिलक वली, रोशन रत्गैयाँ, ढाकाराम पौडेल, सुनिता दहित, दिक्षा सुनार आउने कार्यक्रम रहेको प्रचारप्रसार समितिका संयोजक कुमारराज श्रेष्ठले जानकारी दिए ।