१ कार्तिक २०८३, आइतबार

बैंक अफ काठमाण्डौँद्वारा संजय साई विद्या मन्दिरलाई ५ लाख सहयोग

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १६ माघ । बैंक अफ काठमाण्डौँले भक्तपुरको श्री सजंय साई विद्या मन्दिरलाई विद्यालय हाता भित्र पुस्तकालय निर्माण गर्न ५ लाख रुपैयाँ सहयोग गरेको छ ।

उक्त सहयोग रकम बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद थापालाई हस्तान्तरण गरे ।

वैशाख १, २०६८ साल देखि संचालनमा रहेको उक्त विद्यालयले हालसम्म आफ्ना सबै विद्यार्थीहरुलाई निःशल्ुक शिक्षा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हाल ८७ शाखा कार्यालयहरु, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।