मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

नम्र र शिष्ट भइ कार्य गर्न प्रहरी नायव महानिरीक्षक पोखरेलको निर्देशन

दैनिक नेपाल २०७६ माघ १५ गते १९:२७


काठमाण्डौँ, १५ माघ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेल सहितको टोलिले वुधबार दिउँसो महानगरीय सशस्त्र प्रहरी गण र महानगरीय प्रहरी शिक्षालय महाराजगंजको निरीक्षण गरेका छन् ।

निरीक्षण तथा निर्देशन कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेले विशेष परिस्थितमा गणमा कार्यरत रहेका प्रहरी कर्मचारीहरू परिचालन हुने हुनाले खटिएको ठाउँमा नमुनाको रूपमा रहँदै बोली व्यवहारमा नम्रता शिष्टता एवं व्यवसायिक र कानूनको उल्लघंन नगरी कार्य गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।

विशेष परिस्थितिमा खटिने जनशक्ती भए पनि कार्यक्षेत्रमा खटिँदा तपाईको कार्य पाईला पाईलामा नागरिक, सरोकारवाला निकाय, राज्य संयन्त्र साथै सरकारबाट समेत अडिट भैरहेको हुनाले गलत गर्ने प्रहरी कर्मचारीहरूलाई एक्स्युज नगर्ने दोहोर्याउँदै व्यक्तिगत स्वार्थ पुरा गर्न लोभ लालचमा परी गलत कार्य गरेको भेटीएमा वा आर्थिक अनियमितता क्षम्य नहुने कारवाही गरेरै छाड्ने बताए ।

प्रहरीको एउटा सदस्यको सानो कमजोरीका कारण ठुल ठुला उपलब्धि पनि छाँयामा पर्ने तथा समग्र संगठनको छवीमा आँच आउँछ भन्दै कुनै पनि कमजोरी नगरी जनअपेक्षा, राज्य संयन्त्र र सरकारको अपेक्षा अनुसार व्यवसायिक क्षमतालाई अभिवृद्धी गर्दै प्रभावकारी सेवा प्रवाह गर्न उनले निर्देशन दिए ।

एक पटक प्रहरी सेवामा प्रवेश गरि सेवाबाट अलग भएपनि आफ्नो २ ३ पुस्ता सम्म प्रहरीकै नाम जोडिएर आउने हुनाले प्रहरीको पद वा गरिमालाई बढाउने गरी कार्य गर्न समेत निर्देशन दिए ।

विभिन्न अपराधिक र प्रतिबन्धित तत्वहरूले शान्ति सुरक्षामा खलल पार्न सक्ने हुनाले त्यस तर्फ सचेत रहदै शान्ति सुरक्षा मजबुत बनाउन पनि प्रहरी कर्मचारीहरूलाई दिन रात नभनी त्रुटिरहित जिम्मेवारी बहन गर्न समेत उनले निर्देशन दिए ।

प्रतिक्रिया
सम्बन्धित