शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

आफ्नै साथीको हत्या गरी फरार रहेका आरोपी पक्राउ

दैनिक नेपाल २०७६ माघ १५ गते १९:११


वीरगञ्ज, १५ माघ । आफ्नै साथीलाई हत्या गरी फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. १६ मुरली पोखरी बस्ने ३१ वर्षीय मो. फिरोज मिया राईनलाई प्रहरीले माघ १५ गते पक्राउ गरेको हो ।

वीरगञ्ज महानगरपालिका वडा नं. १५ स्थायी घर भई ललितपुर उप–महानगरपालिका वडा नं. ३ धोबिघाट स्थित जय प्रकाश अग्रवालको निर्माणाधीन घरमा घर कुर्नको बसेका ३० वर्षीय सुरेश कुमार साह कानुलाई सँगै काम गर्ने आफ्नै साथीले हत्या गरेका थिए ।

मिति २०७२ माघ २९ गते सोही निर्माणाधीन घरमा राती मादक पदार्थ सेवन गरी विवाद हुँदा ईट्टा तथा फलामको रडले प्रहार गरी हत्या गरी फरार रहेका राईन भारतमा लुकेर बसेका थिए ।

हाल काठमाण्डौँ आएको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको विशेष टोलीले पक्राउ गरी कारवाहीको लागि वुधबार नै महानगरीय प्रहरी परिसर ललितपुर पठाएको छ केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित