बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

नेकपाको केन्द्रीय समिति बैठक शुक्रबार बस्ने गरी समापन

दैनिक नेपाल २०७६ माघ १५ गते १८:४९


काठमाडौँ, १५ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठक सकिएको छ । बैठक शुक्रबार दिउँसो १ बजे बस्ने गरी सकिएको हो ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’को तर्फबाट अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन बुधबारको बैठकमा पेश गरेका थिए ।

त्यस्तै महासचिव विष्णु पौडेलले सांगठनिक प्रतिवेदन पेश गरेका थिए ।

पेश गरिएका दुवै प्रतिवेदनमाथि शुक्रबारबाट छलफल सुरु हुनेछ ।

आगामी बैठकमा विधान संशोधन प्रस्तावमा समेत छलफल हुने बताइएको छ ल । छलफलका लागि १५ टोली बनाइएको छ ।

प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्न बिहीबार एक दिनको समय तोकिएको छ । विभाजित १५ समूहका तर्फबाट आएको निचोड समूह लिडरले आगामी बैठकमा प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित