शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

इतिहासकार इमानसिंह चेम्जोङमाथि वृत्तचित्र

दैनिक नेपाल २०७६ माघ १५ गते १७:२६

काठमाडौं । किराँत इतिहास, धर्म, भाषा, लिपी र संस्कृतिका विशेषज्ञ इमानसिंह चेम्जोङको जीवन र योगदानबारे वृत्तचित्र निर्माण भएको छ ।

इमानसिंह चेम्जोङ मेमोरियल फाउन्डेशनले निर्माण गरेको वृत्तचित्रको निर्देशन सेन्छेलुङ पतङ्वाले गरेका हुन् । बुद्ध चेम्जोङ कार्यकारी निर्माता रहेको वृत्तचित्रमा इमानसिंह चेम्जोङका योगदानका विषयमा देखाउने प्रयत्न गरिएको निर्देशन पतङ्वाले बताए ।

उक्त वृत्तचित्रको काठमाडौंमा विशेष प्रदर्शन गरिएको छ ।

१ जनवरी, १९०४ मा भारतको कालिम्पोङ दूरपिन डाँडामा जन्मिएका इमानसिंहले श्रीजङ्गा लिपीको पुर्नोत्थान, व्याकरण, लोक साहित्य, दर्शन, संस्कृति मुन्धुमलगायतका क्षेत्रमा खोज र अनुसन्धान गरेका थिए ।

चेम्जोङले सन् १९४८ मा किरात इतिहास पुस्तक प्रकाशित गरेपछि प्राज्ञिक क्षेत्रमा किराँत इतिहासबारे नयाँ आयामबाट बहस हुन थालेको थियो । उनी त्रिभुवन विश्वविद्यालयमा किराँत भाषा तथा संस्कृति विशेषज्ञका रुपमा लामो समयसम्म कार्यरत थिए ।

उनको ८ अक्टोबर, १९७६ मा दार्जिलिङमा निधन भएको थियो ।

चेम्जोङले समुदाय तथा राष्ट्रलाई पु¥याएको योगदानलगायतलाई वृत्तचित्रमा समेटिएको फाउण्डेशनका महासचिव भक्तिराज भट्टराईले बताए ।

चेम्जोङले आफ्नो खोज तथा अनुसन्धान एवम् सामाजिक अभियानका क्रममा पार गरेका यात्रालाई वृत्तचित्रमा देख्न सकिने उनको भनाई छ । चेम्जोङका अहिलेसम्म प्रकाशमान आएका लेख्य सामग्री, चिठीपत्र, पाण्डुलिपिलगायत वृत्तचित्रमा चित्रित छ ।

खोज तथा अनुसन्धानको क्रममाइमानसिंह चेम्जोङ पुगेको कालिम्पोङ, दार्जिलिङ, सिक्किमहुँदै पूर्वी नेपालका विभिन्न जिल्ला, काठमाडौं लगायतका ठाउँमा पुगेर वृत्तचित्र सुटिङ गरिएको कार्यकारी निर्माता बुद्ध चेम्जोङले बताए ।

प्रतिक्रिया
सम्बन्धित