शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

आगामी बर्षको चैतमा महाधिवेशनको प्रस्ताव नेकपा केन्द्रीय कमिटीमा प्रस्ताव

दैनिक नेपाल २०७६ माघ १५ गते १६:२८

काठमाडौं, १५ माघ । नेपाल कम्युनिस्ट पार्टीको महाधिवेशन आगामी बर्षको चैत महिनामा गर्ने प्रस्ताव केन्द्रीय कमिटीको बैठकमा पेश भएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राजनीतिक प्रतिवेदन बैठकमा पेश गर्दै यस्तो प्रस्ताव गरिएको हो ।

बुधबार शुरु भएको केन्द्रीय कमिटी बैठकमा उक्त प्रस्तावसहितको राजनीतिक प्रतिवेदन प्रचण्डले पेश गरेका हुन् ।

महाधिवेशन २०७७ चैत २५ देखि ३० गतेसम्म गर्ने प्रस्ताव पेश भएको हो । आगामी भदौदेखि मंसिरसम्ममा सबै स्थानीय तह र प्रदेशका अधिवेशन सम्पन्न गरी महाधिवेशनको तयारीमा लाग्नुपर्ने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित