१ कार्तिक २०८३, आइतबार

कोरोना भाइरस उपचारका लागि चीनले दुई दिनमै बनायो अत्याधुनिक अस्पताल

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ माघ । चीनको हुवाङगाङ सहरमा कोरोना भाइरस प्रभावितको उपचारका लागि दुई दिनमै अत्याधुनिक अस्पताल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ ।

उक्त अस्पताल एक हजार शैयाको छ ।

अत्याधुनिक मेसिनहरुको प्रयोग गरेर रातारात अस्पताल बनाइएको हो । अस्पताल बुधबार बिहान साढे १० बज पूर्ण रुपमा सञ्चालनमा आएको छ ।

अस्पतालले २ हजार ३ सय कोराना भाइरस संक्रमित बिरामीहरुको उपचार गर्नेछन् । त्यस्ता विरामीलाई सारिएको समाचारहरुमा जनाइएको छ ।

यो अस्पताल ह्वाङगाङ केन्द्रीय अस्पतालको नयाँ शाखा अस्पताल हो । अस्पताल परिसरमा रहेको खाली भवनमा मेडिकल सेन्टर, शैय्या थपेर २ दिनमै तयार गरिएको हो ।