बुधबार, ५ वैशाख २०८१
DainikNepal.com
बुधबार, ५ वैशाख २०८१

‘म मेरो राष्ट्र बनाउँछु मात्र १ रुपैयाँले’ राष्ट्रव्यापी अभियान घोषणा

दैनिक नेपाल २०७६ माघ १५ गते १५:११


काठमाडौँ, १५ माघ । ‘म मेरो राष्ट्र बनाउँछु मात्र १ रुपैयाँले’ राष्ट्रव्यापी अभियान घोषणा भएको छ ।

हाम्रो नेपाल राष्ट्रव्यापी अभियानले बुधबार मधेश मिडिया हाउसमा पत्रकार सम्मेलन गरी ‘म मेरो राष्ट्र बनाउँछु मात्र १ रुपैयाँले’ राष्ट्रव्यापी अभियान घोषणा गरिएको छ ।

पत्रकार सम्मेलनमा सम्बोधन गर्दै अभियन्ता नरेन्द्र देउजाले विदेशीको अनुदानभन्दा सबा तीन करोड नेपाली आफैँले मात्र एक रुपैयाँ दिएर आफ्नो देश बनाउन सकिने बताएका छन् ।

अमेरिका सरकारको एमसीसी योजनाको कडारुपमा विरोध गर्दै देउजाले नेपालमा विदेशीहरुको चलखेल बढिरहेकोले देशलाई विखण्डनतिर लग्न लागेको आशंका व्यक्त गरेका छन् । उनले नेपाली आफैले मुलुक समृद्ध बनाउन सक्ने दाबी गरेका छन् ।

मुलुकमा व्याप्त भ्रष्टाचार, महँगी, कालोबजारी, बेरोजगारी र राजनीतिक दलहरुको खिचातानीका कारण देश झन् गरीब हुँदै गरेको आरोप लगाएका छन् । उनले सबा तीन करोड नेपालीले यदि एक–एक रुपैयाँ मात्र दिए नेपाल समृद्ध हुने बताएका छन् ।

यसैगरी, पत्रकार सम्मेलनमा अभियन्ता भैरव बहादुर कार्कीले भने, ‘तपाइँहरुलाई आश्चर्य र हाँसो लाग्यो होला एक रुपैयाँले देश बनाउँछु भनेको सुन्दा तर आश्चर्य नमान्नुस् है ।’ उनले सवा तीन करोड नेपाललाई राष्ट्र बनाउने संकल्प गराउने दावीसमेत गरेका छन् ।

उनले भने ‘हाम्रा नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको मात्र एक रुपैयाँको खाँचो छ र अवश्य मेरो राष्ट्र बनाउँछु मात्र एक रुपैयाँले ।’ उनले अभियानको मुख्य लक्ष्य भनेको मुख्य शत्रुको रुपमा विद्यमान रहेका गरिबी, अशिक्षा, अस्वस्थता, बेरोजगारी र महामारीको रुपमा बढ्दै गएको भ्रष्टाचारको उन्मूलन नै रहेको बताए ।

‘यस अभियानमार्फत् म मेरो राष्ट्र बनाउँछु मात्र एक रुपैयाँले भन्ने अभियानमा नेपाल आमाको माटो छोएर कसम खाँदै अगाडि बढौं त कसरी बन्दैन हाम्रो राष्ट्र तर त्यसका लागि दृढ संकल्प लिएर इमान्दारिता, नैतिकता र अनुशासित भई सोच, सोध र खोजको शत्रुलाई अवलम्वन गर्दै अगाडी बढ्नुपर्छ ।’ पत्रकार सम्मेलनमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया
सम्बन्धित