शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

कान्तिपुर टेलिभिजनको स्टेशन म्यानेजर दिनेश डिसी नियुक्त

दैनिक नेपाल २०७६ माघ १५ गते १३:५५


काठमाडौँ, १५ माघ । रेडियो कान्तिपुरको स्टेशन म्यानेजर वरिष्ठ संचारकर्मी दिनेश डिसी अब कान्तिपुर टेलिभिजन स्टेशन म्यानेजरमा नियुक्त भएका छन् ।

कान्तिपुर मिडिया ग्रुप व्यवस्थापनले माघ १४ गतेदेखि लागु हुने गरि नयाँ स्टेशन म्यानेजरमा डिसीलाई नियुक्त गरेको हो । भुषण दाहाललाई स्टेप डाऊन गरेपछि डिसीको लागि स्थान खाली भएको हो ।

स्थापना कालदेखि नै रेडियो कान्तिपुरमा आवद्ध डिसी ‘आवाजको दुनियाँको साथी’ नामले चर्चित छन् । पछिल्लो समय उनले रेडियोमा ‘घुम्ने मेच’ कार्यक्रम सञ्चालन गर्दै आएका छन् । कलाकार, लेखक, निर्माता, निर्देशक डिसी बहुमुखी प्रतिभाको धनी हुन् ।

केही वर्ष चलचित्र निर्देशन र टेलिभिजनमा सक्रिय डिसी विगत अढाई वर्षदेखि रेडियो कान्तिपुरमा कार्यरत थिए । उनी चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष तथा नेपाल चलचित्र कलाकार संघका सल्लाहाकार समेत छन् ।

कान्तिपुरलाई पहिलो स्थानमा कायमै राख्ने चुनौती बढेको भन्दै स्टेसन म्यानेजर डिसीले मानवीय संवेदना छुने खालका कार्यक्रमलाई पहिलो प्राथमिकता दिने बताए ।

रेडियोको दुनियाँमा कान्तिपुरलाई पहिलो स्थानमा अडाइराखेका डिसीले दर्शकको चाहना र प्रविधिको गुणस्तरमा सम्झौता नगर्ने डिसीको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित