१ कार्तिक २०८३, आइतबार

बाजुरामा छाउपढी प्रथा बिस्तारै हट्दै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


बाजुरा, १५ माघ । बाजुरामा पछिल्लो समय छाउपढी प्रथा बिस्तारै हट्दै गएको छ । महिलाहरु महिनावारी भएको बेला पहिले घरभन्दा टाढाको गोठ, ओठार वा पाल हालरे बस्ने गथ्र्ये भने अहिले आफ्नै  कोठामा बस्ने गरेका छन् ।

महिलाहरुमा अहिले महिनावारी हुनु कुनै पाप होइन हामीले महिनावारी भएको बेला आराम र सरसफाइ गर्नुपर्छ भन्ने सचेतनाको विकास भइसकेको छ ।

पहिले दुध, दही खानु हुन्न गाई, भैँसी बिग्रिन्छ देवता रिसाएछन् भन्ने मन भित्र ठुलो डर थियो भने अहिले त्यो डर हट्दै गएर दुध दही पनि खान थालेका छन् । महिलाहरु पहिले घरमा बस भन्दा भन्दै गोठमा बस्न जाने गर्थे भने अहिले आफै गोठ छोडेर घरको सुरक्षित कोठामा बस्ने गरेका छन् ।

गाउँघरमा बुढापाखाले घरको आँगन सम्म टेक्नु हुन्न, छाउ भएको बेला अनुहार समेत देखाउनु हुन्न, कहीँकतै जाँदा वा यात्रा गर्दा अगाडी देखियो भने त्यो यात्रा सफल हुन्न भन्ने गर्थे भने अहिले त्यो सब छोडेका छन् ।

छाउ भएको बेला आठ नौ दिनसम्म छाउगोठमा बस्नाले महिलाहरुले अकालमा ज्यान गुमाइ सकेका छन् । यो बाजुराको मात्र समस्या नभएर सुदुरपश्चिम भरिका नौ वटै जिल्लाको समस्या रहेको थियो ।

प्रदेश, गाउँपालिका, नगरपालिका वा संघसस्थाले छाउगोठ भत्काउने अभियान सञ्चालन गरेर होस या सचेतनाको विकासले गर्दा होस् अहिले गाउँघरमा छाउगोठ देखिन छोडेका छन् ।