४ कार्तिक २०८३, बुधबार

प्रियंका कार्कीले बिहे अगाडि गरेको मस्ती

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले सन् २०२० मा अभिनेता आयुष्मान देशराज जोशीसँग बिहे गर्ने पक्कापक्की गरेकी छन् ।

त्यसैले पनि कार्कीले थाइल्यान्डको फुकेटमा आफ्ना साथीहरूसँग ब्याचेलर पार्टी गरेका केही तस्बिर सामाजिक सञ्जालमार्फत जारी गर्दै यस बर्ष बिहे गर्ने कुरा पूर्ण रुपमा संकेत गरेकी छन् ।

त्यसो त यी दुवैको फूलमाला भइसकेको छ । गत वैशाखमा नै बिहे हुने चर्चा थियो । यो चर्चा गलत सावित भयो । तर, कार्कीले यस पटक भने ब्याचेलर पार्टी नै गरेर जानकारी गराएपछि बिहे पक्का भएको हो ।

उनले फुकेटमा समुद्रमाथि गरेका मस्तीसहितका तस्बिर सार्वजनिक गर्नु यसैको प्रमाण पनि हो ।