शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

नेकपा केन्द्रीय कमिटीको बैठक सुरु, प्रधानमन्त्री ओलीले गरे सम्बोधन

दैनिक नेपाल २०७६ माघ १५ गते ११:५५

काठमाडौं, १५ माघ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीको दोस्रो बैठक बुधबार सुरु भएको छ ।

बैठकलाई अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन् ।

उनले केन्द्रीय सदस्यलाई स्वागत गर्दै अहिले नेकपाविरुद्ध विभिन्न हिसाबले प्रहार भइरहेको सन्दर्भलाई पनि उल्लेख गरेका छन् ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायत सहभागी छन् ।

प्रतिक्रिया
सम्बन्धित