शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

बुधबार र बिहीबार देशका धेरै ठाउँमा पानी र हिउँ पर्ने सम्भावना

दैनिक नेपाल २०७६ माघ १५ गते ९:२६

काठमाडाैं, १५ माघ । बुधबार र बिहीबार देशका धेरै ठाउँमा पानी र हिउँ पर्ने मौसमविद्ले बताएका छन् ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बुधबार र बिहीबार धेरै ठाउँमा पानी र हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

पूर्वको तुलनामा मध्य र पश्चिमको धेरै ठाउँमा पानी पर्नेछ । पश्चिमी उच्च हिमाली भेगमा भारी हिमपात पनि हुनेछ । लगातार झरीको सम्भावना भने कतै पनि छैन ।

बुधबार मध्य र पूर्वको मौसम दिउँसो एकैछिन खुल्दै बादल लागेर थोरै ठाउँमा पानी पर्ने सम्भावना रहेकाे छ ।

बुधबार दिउँसोभन्दा राति धेरै ठाउँमा पानी पर्नुका साथै हिमपात पनि हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित