लण्डन, १५ माघ । अस्ट्रेलियाका वैज्ञानिकहरूले नयाँ कोरोना भाइरसको सिर्जना गरेका छन् । उनीहरू चीन बाहिर नयाँ कोरोना भइरस सिर्जन गर्न सफल भएका हुन् । यसलाई वैज्ञानिकहरूले महत्वपूर्ण ‘ब्रेकथ्रु’ भनेका छन् ।
वैज्ञानिकहरूले सिर्जना गरेको नयाँ कोरोना भाइरस विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई उपलब्ध गराउनेछन् । यसबाट अहिले महामारीको रुपमा लिएको नोवेल कोरोना भाइरसको उपचार विधि पत्ता लगाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
चीनका वैज्ञानिकले पनि भाइरस सिर्जना गरेका थिए । उनीहरूले डब्लुएचओलाई भाइरस नै उपलब्ध गराएका थिएनन् । उनीहरूले सो भाइरसको जेनोमी सिक्वेन्स मात्रै दिएका थिए ।
चीनको वुहानबाट शुरू भएको नोवेल कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म १०६ जनाको ज्यान गएको छ । ज्यान गुमाउने सबै चीनकै हुन् । अधिकांश वुहान क्षेत्रकै छन् ।
चीनमा नोवेल कोरोना भाइरसका कारण ४५ सय जनाभन्दा बढी संक्रमित भएका छन् । चीन बाहिरका १५ देशमा पनि नोवेल कोरोना भाइरसको संक्रमण फैलिएको छ । नेपाल, अमेरिका, फ्रान्स, थाइल्याण्ड, अस्ट्रेलियासहितका देशमा कम्तिमा ४७ जनामा संक्रमण पुष्टि भएको छ ।
अस्ट्रेलियाको मेलबर्नमा रहेको विशेषज्ञ प्रयोशालामा बनाइएको नयाँ कोरोना भाइरसमाथि अध्ययन गरेर त्यसबाट बच्ने उपायहरुको खोजी हुनेछ ।
संक्रमित बिरामीबाट लिइएको भाइरसबाट अर्को भाइरस बनाइएको हो । गएको शुक्रबार वैज्ञानिकहरूले भाइरसको नमूना पाएका थिए । त्यसपछि उनीहरूले अर्को भाइरस बनाएका हुन् ।















प्रतिक्रिया