शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

बुधबारदेखि रसुवागढी नाका १५ दिनलाई बन्द

दैनिक नेपाल २०७६ माघ १५ गते ७:२२

रसुवा, १५ माघ । बुधबारदेखि १५ दिनका लागि रसुवागढी नाका बन्द गरिएको छ ।

मंगलबार बिहान रसुवागढीमा बसेको नेपाल प्रहरी, चिनियाँ प्रहरी र अध्यागमन कार्यलयका अधिकारीबीच बसेको बैठकले बुधबारदेखि नाका बन्द गर्ने निर्णय गरेको हो ।

दुई देशका अधिकारीबीच बसेको बैठकले कोरोना भाइरसको संक्रमण रोक्न, केरुङतर्फ जाने सडकमा हिउँपरेको तथा ढुंगाहरू खस्ने भएकाले दुर्घटना हुन सक्ने र ल्होसार पर्वको कारण देखाउँदै नाका बन्द गर्न लागेको छ ।

नेपाल चीन आगमन प्रस्थान अनुमति पत्र (चाइना पास) लिएका रसुवाका नागरिक पनि नाका पारीसम्म मात्र जान पाउने रसुवाका प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित