शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

एमसीसी जस्तो प्रस्ताव पास गर्नुछ : प्रधानमन्त्री

दैनिक नेपाल २०७६ माघ १४ गते १४:३९

काठमाडौं, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा नयाँ सभामुख आएपछि चलेको सदनले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लगायतका प्रस्ताव पास गर्नुपर्ने समय आएको बताएका छन् ।

प्रतिनिधि सभाका नयाँ सभामुख अग्नी सापकोटालाई शुभकामना दिँदै मंगलबार सदनमा बोलेका प्रधानमन्त्री ओलीले अन्य प्रस्ताव पनि रहेको बताएका थिए । तर उनले एमसीसीको मात्रै नाम लिए ।

हरेक राजनीतिक परिवर्तन सहकार्य र सहमतिका साथ मात्रै सम्भव भएको उदाहरण दिएका उनले एमसीसी पासमा पनि सहकार्य हुनुपर्ने संकेत गरेका थिए ।

यस्तै प्रमुख प्रतिपक्षी दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवाले एमसीसी सहयोग नेपालको विद्युतीय विकासका लागि उपयुक्त रहेको भन्दै यसलाई पास गर्नुपर्ने बताए ।

उनले सभामुख कुनै पनि दलका नहुने र खासगरी सदन प्रतिपक्षको रहने भएकाले तटस्थ उभिएर काम गर्नका लागि सभामुख सापकोटालाई सुझावसहितको शुभकामना दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित