
लमजुङ, १४ माघ । लमजुङको सुन्दरबजार नगरपालिका ७ मा एक वृद्वाको बन्चरो प्रहार गरी हत्या भएको छ । सुन्दरबजार नगरपालिका- ७ पाउँदीमा बन्चरो प्रहार गरी एक वृद्धाको हत्या भएको छ ।
बेंसीसहर–डुम्रे सडकको पाउँदीनजिकै सडकमुनि मर्स्याङ्दी आधारभूत विद्यालय पछाडि बस्ने ६० वर्षीया एकल महिला सीता भुजेल पोखरेलको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
बन्चरो मृतकको घाँटीमै गडेको र बिँड फुक्लिएको अवस्थामा खाटमुनि फेला परेको प्रहरी अनुसन्धानबाट खुलेको छ। रगत छरपस्ट भएको र शव वरपर मकै छरिएको अवस्थामा रहेको र रगत लतपतिएको अवस्थामा शव फेला परेको स्थानीयले बताएका छन्।
निःसन्तान सीता १८ वर्षदेखि पतिसँग छुट्टिएर बस्दै आएकी थिइन्। उनले कानमा लगाएका अन्दाजी अढाई तोला सुनका गहनामध्ये ठूलाठूला रिङ कानबाट चुाडालेको र केही साना रिङमात्रै फेला परेको प्रहरीले बताएको छ।
केही दिनअघिमात्रै उनले एउटा खसी २२ हजार रुपैयाामा बिक्री गरेकी थिइन्। त्यो पैसा पनि उनको साथमा नरहेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया