शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

आस्था राउत अस्पताल भर्ना

दैनिक नेपाल २०७६ माघ १४ गते १२:२३

काठमाडौं, १४ माघ ।   प्रहरी हिरासतमा रहेकी गायिका आस्था राउत अस्पताल भर्ना भएकी छिन् । स्वास्थ्यमा समस्या आएको भन्दै राउतलाई त्रिपुरेश्वरको ब्लुक्रस अस्पतालमा भर्ना गरिएको हो ।

आस्थाको स्वास्थयमा समस्या देखिएपछि सोमबार राति नै अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँचका क्रममा प्रहरी जवान रमिता श्रेष्ठमाथि गायिका राउतले दुव्र्यवहार गरेको आरोपमा राउतमाथि पक्राउ पूर्जी जारी भएको थियो ।

राउतको भिडियो भाइरल भएपछि प्रहरी जवान श्रेष्ठले किटानी जाहेरी दिएकी थिइन् भने चार दिनपछि उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।सोमबार बिहान अभिभावकसहित टेकु पुगेर राउतले प्रहरीमा आत्मसमर्पण गरेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित