
दाङ, १४ माघ । चितुवाको छालासहित प्रहरीले दाङबाट दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दंगिशरण गाउँपालिका १ का चेतबहादुर पुन र २४ वर्षीय सौगात घर्ति रहेका छन् । उनिहरुलाई चेकजाँचका क्रममा उनिहरुलाई छालासहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
उनीहरुले बोकेको झोला जाँच गर्दा झोलाभित्र प्लास्टिकको बोरामा लुकाइ राखेको टाउको (बङ्गारा) देखि पुच्छरसम्मको पूरै भाग भएको चितुवाको छाला भेटिएको हो ।











प्रतिक्रिया