शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

अमृतासँगकाे डिभाेर्समा सैफकाे बयान

दैनिक नेपाल २०७६ माघ १४ गते ७:१४

मुम्बइ । बलिउड अभिनेता सैफ अलि खान अहिले ‘जवानी जानेमन’को प्रमोशनमा ब्यस्त छन् । चलिचत्र ३१ जनावरीमा रिलीज हुने तयारीमा छ। सैफले अमृता सिंहसँग आफ्नो डिभोर्सको बारेमा बोलेका छन् ।

अन्तर्वार्तामा जब सैफलाई तपाईले आफ्ना बच्चाहरूलाई आफ्नो सम्बन्धविच्छेद बारे कसरी बताउनु भएको छ ? भन्ने प्रश्न साेधिएकाे थियाे तब उनले भने, ‘यो संसारकै नराम्रो चीज हो म अझै महशुस गर्छु। म चाहन्थे की म जे छु त्यो भन्दा फरक हुँ। त्यहाँ केही त्यस्ता कुराहरु छन् जसले मलाई शान्ति दिँदैन। त्यस समयमा म मात्र २० वर्षको थिए, आज धेरै कुराहरु परिवर्तन भइरहेका छन्। हरेक मानिस आमाबुबासँगै बस्न चाहन्छन्।’

बञ्चाहरुलाई सही वातावरण प्रदान गर्न आवश्यक छ भन्छन् सैफ। सैफले आधुनिक परिवारको अवधारणामा बोल्दै भने ‘कुनै पनि बच्चा आफ्नो परिवार वा बाबुआमाबाट अलग हुनुहुदैन। यसले बच्चाहरूमा नकारात्मक प्रभाव पार्दछ। कहिलेकाहीं परिस्थिति असहज हुन्छ र अभिभावकसँगै नहुने अवस्था सिर्जना हुन्छ। बच्चाहरुका लागि स्थिर घर र वातावरण हुन जरुरी छ।’

सैफले सन् १९९१ मा अमृता सिंहसँग विवाह गरेका थिए। उनीहरुको सन्तान सारा अली खान र इब्राहिम अली खान हुन्। भने उनीहरुले २००४ मा सम्बन्धविच्छेद गरेका थिए। यस्तै, २०१२ मा सैफले आफू भन्दा १० वर्षे कम उमेरकी करिना कपूरसँग विवाह गरे । यी दुवैका सन्तानको रुपमा तैमूर अली खान जन्मिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित